आईतवार, असार २८,२०८३ 06:34:29
Bizshala
  • आईतवार, असार २८,२०८३ 06:34:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मनसुनको जोखिम बढ्यो, पूर्व र मधेशमा उच्च सतर्कता अपनाउन सुभाव

क्षति न्यूनीकरणका लागि सरकार ‘पूर्ण तयारीमा’, उद्धार तथा प्रतिकार्य संयन्त्रको प्रगति समीक्षा

Laxmi Sunrise Bank Limited
मनसुनको जोखिम बढ्यो, पूर्व र मधेशमा उच्च सतर्कता अपनाउन सुभाव

 

काठमाण्डौ ।  देशभर मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान र कटानको जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी पूर्वी नेपाल र मधेश प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एड्भाइजरी जारी गरेको हो।

प्राधिकरणले मनसुनजन्य विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न संघीय मन्त्रालय, सुरक्षा निकाय, प्रदेश तथा स्थानीय तहसहित सम्बन्धित सरकारी निकायसँगको समन्वयलाई तीव्र बनाएको जनाएको छ।

आइतबार बसेको प्राधिकरणको बैठकले मनसुन पूर्वतयारी, उद्धार तथा प्रतिकार्यका लागि विभिन्न निकायले गरेका कामको प्रगति समीक्षा गर्दै अद्यावधिक विवरण संकलन गरेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले मनसुन अवधिमा जनधनको क्षति कम गर्न सरकार पूर्ण तयारी अवस्थामा रहेको बताए।

उनका अनुसार असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले सम्बन्धित निकायलाई मनसुनजन्य विपद् व्यवस्थापनका लागि आवश्यक निर्देशन दिएको थियो। सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न प्राधिकरणले सरोकारवाला निकायलाई बोलाएर प्रगति विवरण संकलन गरेको हो।

बैठकमा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न क्लस्टरका लिडर तथा को–लिडर, सडक र सिँचाइ विभागका महानिर्देशक तथा विपद् सम्पर्क व्यक्तिहरू सहभागी थिए।

‘गृहमन्त्रीज्यूले दिनुभएको निर्देशनअनुसार कुन निकायले कति काम गरे, के–कस्तो तयारी भएको छ र अझै कहाँ कमजोरी छ भन्ने विवरण अद्यावधिक गरेका छौँ,’ कोइरालाले भने, ‘संकलित प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस गरिनेछ।’

New Office
CG Motors
Garima Development Bank

पूर्व र मधेशमा भारी वर्षाको जोखिम

हाल देशभर मनसुन सक्रिय रहेको र आइतबार रातिदेखि सोमबारसम्म पूर्वी क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा प्राधिकरणले जोखिमयुक्त क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी तथा खोलानजिकका बस्ती, पहिरोको जोखिममा रहेका क्षेत्र र डुबान भइरहने भूभागका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ।

कोइरालाले मौसम विभागबाट प्राप्त हुने पूर्वानुमान र विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यकताअनुसार निरन्तर एड्भाइजरी जारी गरिरहेको बताए।

‘असार ५ गतेदेखि नेपालमा मनसुन भित्रिएको हो। अहिले मनसुन पूर्ण रूपमा सक्रिय हुने चरणमा छ,’ उनले भने, ‘मौसम विभागको विशेष बुलेटिनअनुसार जोखिमको विश्लेषण गरेर हामीले सर्वसाधारणका लागि एड्भाइजरी जारी गरिरहेका छौँ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राधिकरणले मौसम तथा विपद्सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, जोखिमपूर्ण अवस्थामा अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न नागरिकलाई आग्रह गरेको छ।

समयमै सूचना प्राप्त गरी त्यसअनुसार व्यवहार परिवर्तन गर्न सके बाढी, पहिरो र डुबानबाट हुने मानवीय तथा भौतिक क्षति उल्लेख्य रूपमा घटाउन सकिने प्राधिकरणको विश्वास छ।

मनसुन अवधिभर मौसमको अवस्था र सम्भावित जोखिमको विश्लेषण गर्दै आवश्यक सूचना, चेतावनी तथा सतर्कतासम्बन्धी एड्भाइजरी निरन्तर जारी गरिने प्राधिकरणले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.