मनसुनजन्य विपद् : २४ घण्टामा एकको मृत्यु, २० जना घाइते
काठमाण्डौ । देशका विभिन्न भागमा भएका मनसुनजन्य तथा अन्य विपद्का घटनामा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन्।यस अवधिमा सर्पदंशबाट एक जनाको मृत्यु भएको हो। विभिन्न घटनामा परी २०...

