बुधबार, भाद्र १७,२०८३ 12:15:44
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 12:15:44
Bizshala
Global IME Bank Limited

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो, अझै ३ हजार ९१६ सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो, अझै ३ हजार ९१६ सम्पर्कविहीन
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ११४ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको हो।

प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३४८ जनाको शव फेला परेको छ भने नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ।

त्यस्तै नुवाकोटमा १५५, गोरखामा ६६, धादिङमा ५९, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

भोटेकोशीको बाढीले बगाएका तथा हराइरहेका मानिसको खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

प्राधिकरणका अनुसार हालसम्म पनि ३ हजार ९१६ जना सम्पर्कविहीन छन्। बाढीका कारण २९२ जना घाइते भएका छन्।

खोज तथा उद्धारमा सुरक्षा निकायसहित विभिन्न टोली परिचालन गरिएको छ। हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

भोटेकोशीबाट सुरु भएको बाढीको प्रभाव रसुवा हुँदै नुवाकोट, धादिङ र तल्लो तटीय क्षेत्रसम्म पुगेपछि विभिन्न जिल्लाबाट शव फेला पर्ने क्रम जारी छ।

ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले खोज, उद्धार र शव पहिचानको कामलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.