Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 01:58:51
Bizshala
Global IME Bank Limited

हेलिकप्टर अत्यावश्यक अवस्थामा मात्रै माग्न प्राधिकरणको अपिल, रसुवा–धादिङ जोड्ने वैकल्पिक सडक खुल्यो

हेलिकप्टर अत्यावश्यक अवस्थामा मात्रै माग्न प्राधिकरणको अपिल, रसुवा–धादिङ जोड्ने वैकल्पिक सडक खुल्यो
New Office

 

काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी–पहिरो प्रभावित क्षेत्रमा अत्यावश्यक अवस्थाबाहेक हेलिकप्टर उद्धारको माग नगर्न आग्रह गरेको छ। केही वैकल्पिक स्थलमार्ग सञ्चालनमा आइसकेकाले सुरक्षित रूपमा सडक प्रयोग गर्न सक्ने नागरिकलाई ती मार्ग रोज्न प्राधिकरणले अनुरोध गरेको हो।

प्राधिकरणका अनुसार हालसम्म हेलिकप्टरमार्फत २५२ विदेशी र ३ हजार ३४४ नेपाली गरी ३ हजार ५९६ जनाको उद्धार गरिएको छ।

तर पछिल्लो समय तुलनात्मक रूपमा कम प्रभावित, सुरक्षित वा उच्च स्थानमा रहेका नागरिकबाट समेत हेलिकप्टर उद्धारको माग बढ्न थालेपछि सीमित हवाई साधनलाई वास्तविक जोखिममा रहेका व्यक्तिको खोज, उद्धार तथा राहत ढुवानीमा केन्द्रित गर्नुपर्ने अवस्था आएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतद्वारा जारी सूचनामा सीमित साधन–स्रोत अत्यावश्यक काममा मात्रै प्रयोग हुने वातावरण बनाउन सबैलाई सहयोग गर्न आग्रह गरिएको छ।

प्राधिकरणले हेलिकप्टरलाई विशेषगरी गम्भीर जोखिममा परेका नागरिकको उद्धार, दुर्गम क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन र अत्यावश्यक राहत सामग्री ढुवानीमा प्राथमिकता दिनुपर्ने जनाएको छ।

धादिङ जाने वैकल्पिक बाटो

धादिङतर्फ जानका लागि धादिङबेसी–परैवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्तारस्थित पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएको छ।

Bizshala
CG Motors

रसुवा जाने वैकल्पिक मार्ग

रसुवाका लागि विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे जोड्ने सडक सञ्चालनमा ल्याइएको छ।

यो मार्गबाट हाल चारपांग्रे साना सवारी साधन सञ्चालन गर्न सकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले रसुवाका उत्तरगया, गोसाईकुण्ड, आमाछोदिङ्मो र कालिका; नुवाकोटका तारकेश्वर, किस्पाङ, विदुर र बेलकोटगढी तथा धादिङका गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक क्षेत्रलाई बढी प्रभावित क्षेत्रको सूचीमा राखेको छ। गोरखा र तनहुँका विभिन्न वडाहरू पनि प्रभावित क्षेत्रभित्र समेटिएका छन्।

विपद्को कठिन अवस्थामा अनावश्यक आवागमन नगर्न, सञ्चालनमा आएका वैकल्पिक सडक प्रयोग गर्न र वास्तविक आपतकालीन अवस्थामा मात्रै हेलिकप्टर माग गर्न प्राधिकरणले आग्रह गरेको छ।

थप जानकारी तथा समन्वयका लागि प्राधिकरणको टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.