आईतवार, आश्विन १८,२०८३ 05:01:43
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 05:01:43
Bizshala
Global IME Bank Limited

लगातारको वर्षाले गण्डकीका चार सडक अवरुद्ध

Bizshala
लगातारको वर्षाले गण्डकीका चार सडक अवरुद्ध
New Office

काठमाण्डौ । लगातारको वर्षासँगै आएको पहिरोका कारण गण्डकी प्रदेशका विभिन्न चार सडकखण्ड अवरुद्ध भएका छन्। पहिरोका कारण केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने एउटा सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

नवलपुरको गैँडाकोट नगरपालिका–३ स्थित बिसपानी नजिक कालिगण्डकी करिडोर सडकखण्डमा पहिरोसँगै ढुंगा तथा माटो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ सम्सेबोला क्षेत्रमा रुखसहितको पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

म्याग्दीमा पनि पहिरोका कारण दुई सडकखण्ड प्रभावित भएका छन्। बेनी नगरपालिका–४ घुमाउनेभीरस्थित बेनी–दरबाङ सडकखण्डमा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी, अन्नपूर्ण गाउँपालिका–२ नैनीभीर क्षेत्रमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले वर्षायाममा बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.