मंगलवार, असार ३०,२०८३ 04:04:33
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 04:04:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संसद् प्रवेशअघि सभामुखसँग रवि–बालेनको छलफल

Laxmi Sunrise Bank Limited
संसद् प्रवेशअघि सभामुखसँग रवि–बालेनको  छलफल

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा एकसाथ प्रवेश गरेका छन्।

प्रतिनिधिसभा बैठकमा सहभागी हुनुअघि उनीहरूले सभामुख डोलप्रसाद अर्यालसँग करिब पाँच मिनेट छलफल गरेका थिए।

संसद् सचिवालय स्रोतका अनुसार सभामुख अर्याल संसद् भवनस्थित आफ्नो कार्यकक्षमा रहेका बेला प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने त्यहाँ पुगेका हुन्। संक्षिप्त छलफलपछि रवि–बालेन एकसाथ प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरेका थिए।

New Office
CG Motors
Garima Development Bank

रास्वपा सभापति लामिछाने संसद् भवन पुग्दा प्रायः सभामुखकै कार्यकक्षमा बस्ने गरेका छन्। उनका लागि छुट्टै कार्यकक्षको व्यवस्था नभएकाले प्रधानमन्त्री शाह पनि उनीसँगै सभामुखको कार्यकक्षमा पुगेका थिए।

यद्यपि, पाँच मिनेटसम्म भएको छलफलमा के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन।

प्रतिनिधिसभाको आजको बैठकमा न्याय परिषद्, न्याय सेवा आयोग र लोक सेवा आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत गर्ने कार्यक्रम छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, ‘नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची रहेको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) अनुमोदन गर्ने प्रस्तावसमेत प्रस्तुत हुने कार्यसूची छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.