सोमबार, श्रावण १८,२०८३ 09:30:22
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:30:22
Bizshala
Global IME Bank Limited

महानगर प्रहरी पुनः नियमित सेवामा फर्किए

महानगर प्रहरी पुनः नियमित सेवामा फर्किए
New Office

काठमाण्डौ । गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षाको कारण देखाउँदै ड्युटीमा नखटिएका काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी आजदेखि नियमित सेवामा फर्किएका छन्।

महानगर प्रहरी बलका प्रमुख एवं नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुप्रसाद जोशीले महानगर प्रहरीलाई पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार रिजर्भ फोर्सबाहेकका नगर प्रहरीलाई नियमित रूपमा कार्यक्षेत्रमा खटाइएको छ।

गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्वील लक लगाउने विषयमा विवाद भएपछि गणेश नेपालीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि नगर प्रहरी सडकमा नदेखिँदा महानगर क्षेत्रमा अव्यवस्थित पार्किङ, फुटपाथ व्यापार तथा सहरी व्यवस्थापनसँग सम्बन्धित समस्या बढेको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.