शुक्रबार, फाल्गुन ९,२०८१ 09:06:06
IME remit
  • शुक्रबार, फाल्गुन ९,२०८१ 09:06:06
IME remit
Global IME Bank Limited

दक्षिण एसिया र चीनबीच समृद्धि पुलका रुपमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्छः ढकाल

Hyundai Nepal
दक्षिण एसिया र चीनबीच समृद्धि पुलका रुपमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्छः ढकाल
Nabil Bank Limited

कुनमिङ (चीन) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीचको पुलका रुपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन्। 

चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षका रुपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्रबीच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नुपर्ने बताएका हुन्। उनले विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तरनिर्भरतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। 

 

साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीलाई समाधान गर्न सकिनेमा अध्यक्ष ढकालको भनाइ थियो। उनले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागिसमेत आह्वान गरे। 

विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितताहरु कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सिर्जना गरेको महामारी र आपूर्ति शृंखलामा देखा परेका अवरोधहरुबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न आपसी सहकार्य बढाउनुपर्ने पनि अध्यक्ष ढकालले बताए। दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना रहे पनि कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा आर्थिक वृद्धि प्रभावित भएको उनको भनाइ थियो। 

दक्षिण एसियाको जनसांखियक लाभांश उपयोग गर्ने तथा प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न पनि चीन र दक्षिण एसियाली क्षेत्रले ढिलाइ गर्न नहुने ढकालको धारणा थियो। यसबाट दक्षिण एसियाली मुलुकहरु र चीनबीचको अन्तर क्षेत्रीय लगानी प्रवाह र व्यापार बढाउन सकिने पनि उनले उल्लेख गरे। 

अध्यक्ष ढकालले डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक शृंखलाहरुको साझेदारी, कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आईसीटी, जडीबुटी र औषधि उत्पादनलगायतका महत्वपूर्ण क्षेत्रहरुमा चीनको विशेषज्ञतालाई  प्रविधि र लगानीको हस्तान्तरणबाट नेपालसहित दक्षिण एसियाले लाभ लिन सक्ने उल्लेख गरे। दक्षिण एसिया र चीनबीचको आर्थिक साझेदारी बढाउन उद्योग वाणिज्य महासंघको प्रतिबद्धता दोहोर्याउँदै उनले नेपालमा रहेका लगानी अवसरहरुको उपयोग गर्न पनि लगानीकर्ताहरुलाई आग्रह गरे। 

मध्यम वर्गीय जनसंख्याको वृद्धि, बहुराष्ट्रिय कम्पनीहरुले गरेको उच्च नाफा र  चीन तथा भारतका बजारहरुसम्मको सहज पहुँचले लगानीकर्ताका लागि नेपाल आकर्षक लगानी गन्तव्य रहेको पनि ढकालले उल्लेख गरे। ढकालले चीन–दक्षिण एसिया व्यापार मञ्चले चीन, दक्षिण एसिया र नेपालबिचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन, व्यावसायिक संस्था र सरकारी निकायहरुबीचको सम्बन्ध प्रगाढ बनाउन गतिशील माध्यमका रुपमा काम विश्वाससमेत व्यक्त गरे। 

Shivam Cement
CG Motors
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
दक्षिण एसिया र चीनबीच समृद्धि पुलका रुपमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्छः ढकाल

सरस्वती कटुवाल

 

Bizshala.com, operated by SOS Media Pvt. Ltd. is established in nepalese news industry as a pioneer of online business, economic and financial news. Bizshala principally covers news regarding economic activity, financial statuatus, fluctuation, share market, currency, corporate, automobile industry and every other activities directly or indirectly related to economy. Dedicated to economic awareness and excellence.

IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.