आईतवार, श्रावण २४,२०८३ 09:08:14
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 09:08:14
Bizshala
Global IME Bank Limited

२–३ हजारमै सेयरबजार प्रवेशको अवसर, नेप्सेमा झण्डै ५० कम्पनीको सेयरभाउ अत्यन्तै सस्तो !

२–३ हजारमै सेयरबजार प्रवेशको अवसर, नेप्सेमा झण्डै ५० कम्पनीको सेयरभाउ अत्यन्तै सस्तो !
New Office

काठमाण्डौ । सेयरबजारमा लगानी गर्न ठूलो रकम नै आवश्यक पर्छ भन्ने छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत धेरै कम्पनीका सेयरभाउ २ सयदेखि ३ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेका छन् ।  

न्यूनतम १० कित्ता खरिद गर्न सकिने व्यवस्थाअनुसार धितोपत्र दोस्रो बजारमा २–३ हजार रुपैयाँबाटै लगानीको सुरुवात गर्न सकिनेछ ।  

बजारमा बैंक, विकास बैंक, फाइनान्स तथा जलविद्युत् समूहका केही कम्पनीको सेयरमूल्य तुलनात्मक रूपमा कम रहेकाले साना लगानीकर्ताले उक्त कम्पनीहरुको सेयर खरिद गरेर दोस्रो बजारमा प्रवेश गर्न सक्नेछन् ।  

कम रकमबाटै बजारमा प्रवेश गर्न सकिने भएकाले विद्यार्थी, नयाँ जागिरे र पहिलो पटक लगानी गर्नेहरू यस्ता कम्पनीप्रति बढी आकर्षित पनि देखिन्छन् ।  

बजार विश्लेषकहरूका अनुसार कम मूल्यमा कारोबार हुने कम्पनीको सेयर किन्न सकिनु सकारात्मक भए पनि लगानीको निर्णय केवल सेयर मूल्यका आधारमा गर्नु उचित हुँदैन । कम्पनीको वित्तीय अवस्था, नाफा, प्रतिशेयर आम्दानी (ईपीएस), बुक भ्यालु, लाभांश इतिहास तथा भविष्यको व्यवसायिक सम्भावनाको अध्ययन गरेर मात्रै लगानी गर्नुपर्ने हुन्छ ।  

कम मूल्यको सेयर सधैं सस्तो अवसर भन्ने अर्थ लाग्दैन । कतिपय कम्पनीको मूल्य कमजोर वित्तीय अवस्था वा व्यवसायिक चुनौतीका कारण पनि कम हुन सक्छ । त्यसैले दीर्घकालीन प्रतिफलका लागि आधारभूत रूपमा बलिया कम्पनी छनोट गर्नु उपयुक्त हुने विज्ञहरु बताउँछन् ।  

पछिल्ला वर्षहरूमा डिजिटल कारोबार प्रणाली, मेरोसेयर र ‘सी–आस्बा’ सेवाको विस्तारसँगै साना लगानीकर्ताको संख्या उल्लेख्य रूपमा बढेको छ । यसले थोरै रकमबाट पनि पूँजीबजारमा सहभागिता जनाउने वातावरण सहज बनाएको छ ।  

२–३ हजारमै पाईने स्टकहरु  

यतिबेला धितोपत्र दोस्रो बजारमा झण्डै ५० कम्पनीको सेयरमूल्य २ सयदेखि ३ सय रुपैयाँ हाराहारीमा छ । अधिकांश बैंक र हाइड्रो कम्पनीका सेयर २–३ हजार रुपैयाँबाटै  लगानी गर्न सकिनेछ ।  

बजार प्रवेश गर्दा के-कुरामा ध्यान दिने ?  

पछिल्लो समय नेपालमा सेयरबजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । डिजिटल कारोबार प्रणाली, अनलाइन डिम्याट खाता र मेरोसेयरको सहजतासँगै धेरै नयाँ लगानीकर्ता बजारमा प्रवेश गरिरहेका छन् । तर, सेयर बजारमा लगानी गर्दा केवल मूल्य बढ्ने आशामा नभई अध्ययन र योजनाका साथ पनि अघि बढ्नुपर्ने हुन्छ ।  

लगानीकर्ताले लगानी गर्नुअघि बजारबारे बुझ्नुपर्छ । सेयरबजार कसरी सञ्चालन हुन्छ, कम्पनीको वित्तीय अवस्था कसरी हेर्ने, जोखिम र प्रतिफलको सम्बन्ध, आधारभुत जानकारी र अरुको लहैलहैमा लागेर लगानी गर्न नहुने कुरामा सचेत हुन आवश्यक हुन्छ । साथै कम्पनीको आधारभुत पक्ष जस्तै, कम्पनीको नाफा, ईपीएस, मूल्य आम्दानी अनुपात (पीई रेसियो), नेटवर्थ, लाभांश ईतिहास, भविष्यको व्यवसायिक सम्भावना र सेयरमूल्यको अधिकतम र न्यूनतम विन्दुबारे जानकार हुनुपर्छ ।  

साथै सेयरबजारमा नाफासँगै घाटाको सम्भावना पनि हुन्छ । आफूले कति रकम जोखिममा राख्न सकिन्छ भन्ने बुझेर मात्र लगानी गर्नुपर्छ । आवश्यक खर्चका लागि छुट्याइएको रकम बजारमा लगानी गर्नु उचित हुँदैन ।

कस्ता खालका कम्पनीमा लगानी गर्ने ?  

सेयरबजारमा लगानी गर्दा कम्पनीको सेयरमूल्य मात्र हेरेर निर्णय गर्नु उचित हुँदैन । बलियो आधार भएका, भविष्यमा राम्रो प्रदर्शन गर्न सक्ने र वित्तीय रूपमा सक्षम कम्पनी छनोट गर्नु महत्वपूर्ण हुन्छ ।  

बजारमा कम्पनी छनोट गर्दाा नियमित नाफा कमाउने कम्पनी, राम्रो व्यवस्थापन भएका कम्पनी, राम्रो लाभांश दिने कम्पनी र वित्तीय अवस्था बलिया भएका कम्पनी छनोट गर्दा उचित हुन्छ ।  

यसबाहेक भविष्यमा वृद्धि हुने सम्भावना भएका कम्पनीमा पनि लगानी गर्दा उचित हुन सक्छ । तर बजारमा कुनै राम्रो कम्पनी भएपनि अत्यधिक महँगो मूल्यमा किन्दा जोखिम हुन सक्छ । यस्तो कम्पनीको वास्तविक मूल्यांकन हेरेर मात्रै लगानी गर्नु महत्वपूर्ण हुन्छ ।  

नोट: यो समाचार जानकारीमूलक उद्देश्यका लागि मात्र तयार गरिएको हो। कुनै पनि कम्पनीको सेयर खरिद वा बिक्री गर्न लगानीकर्तालाई सिफारिस गरिएको होइन। लगानी गर्नुअघि सम्बन्धित कम्पनीको वित्तीय अवस्था, बजार जोखिम र आफ्नो लगानी क्षमताको मूल्यांकन गर्न आवश्यक छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.