काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल ११.५७८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।
कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७९/८० का लागि चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ११.५७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीको आगामी वैशाख ३१ गते आयोजना हुन लागेको कम्पनीको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।