मंगलवार, श्रावण ५,२०८३ 06:26:05
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 06:26:05
Bizshala
Global IME Bank Limited

सिटिजन लाइफका ४ जना सञ्चालकहरुको पदावधि थप, अध्यक्षमा प्रदीपजङ्ग पाण्डेलाई नै निरन्तरता दिने निर्णय

सिटिजन लाइफका ४ जना सञ्चालकहरुको पदावधि थप, अध्यक्षमा प्रदीपजङ्ग पाण्डेलाई नै निरन्तरता दिने निर्णय
New Office

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको पदावधि थप गरिएको छ। कम्पनीको सञ्चालक समितिको साउन ४ गते बसेको १३२औँ बैठकले आगामी साधारण सभा सम्पन्न नभएसम्मका लागि वर्तमान सञ्चालकहरुको पदावधि निरन्तरता दिने निर्णय गरेको हो।

कम्पनीले दिएको जानकारीअनुसार संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालकहरुको चार वर्षे पदावधि २०८३ साउन ६ गते समाप्त हुने भए पनि साधारण सभा सम्पन्न गर्न समय लाग्ने भएकाले कम्पनीको नियमावलीको नियम २(४) बमोजिम पदावधि थप गर्ने निर्णय गरिएको हो।

सञ्चालक समितिको बैठकले हाल कायम अध्यक्ष प्रदीपजङ्ग पाण्डेलाई नै अध्यक्षको जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेको छ।

पदावधि थप गरिएका सञ्चालकहरुमा प्रदीपजङ्ग पाण्डेसहित सुमित कुमार अग्रवाल, मनोज कार्की र प्रदेश स्वाँर रहेका छन्। उनीहरुको थपिएको पदावधि आगामी साधारण सभाबाट अनुमोदन गराउने निर्णय समेत सञ्चालक समितिले गरेको कम्पनीले जनाएको छ।

आगामी साधारण सभाले सञ्चालकहरुको पदावधि सम्बन्धी निर्णयलाई अन्तिम अनुमोदन गर्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.