शनिबार, फाल्गुन १०,२०८१ 10:16:54
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:16:54
IME remit
Global IME Bank Limited

प्रभु स्मार्ट फण्डबाहेक सबै म्युचुअल फण्डहरुको न्याभ घट्यो, २८ वटाले घटाए लगानी

Hyundai Nepal
प्रभु स्मार्ट फण्डबाहेक सबै म्युचुअल फण्डहरुको न्याभ घट्यो, २८ वटाले घटाए लगानी
Nabil Bank Limited

काठमाण्डौ । चैत महिनामा म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मूल्य (न्याभ)घटेको छ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये प्रभु स्मार्ट फण्डबाहेक सबै फण्डको न्याभ घट्न पुगेको छ ।  

चैत महिनामा सेयरबजार निरन्तर घट्न पुग्दा म्युचुअल फण्डहरुको न्याभसँगै नाफा समेत प्रभावित बन्न पुगेको छ । चैतमा घट्दो बजारको अवस्थाले सेयर लगानीकर्ताहरुमा उच्च मनोबल नआउँदा वा लगानीकर्तामा आत्मविश्वासको कमी देखिंदा बजार झनै घटेको अवस्था थियो ।  

चैत महिनामा पुँजीबजार निकै प्यानिक अवस्थामा थियो । नयाँ अर्थमन्त्री वर्षमान पुनले पुँजीबजार सुधारका निम्ति उपयुक्त नीति ल्याउने भनेपनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्दा बजार साइडवेजमा चलेको थियो । सेयर धितोमा लागेको क्याप र जोखिम भार घटाउने कार्य तीव्र रुपमा अगाडी बढ्न नसक्दा सेयर लगानीकर्ताहरुमा आत्मविश्वास घटेको थियो ।  

प्रायजसो यसअघिका वर्षहरुमा पनि अन्तिम महिना अर्थात् चैत महिनामा बजारको अवस्था प्यानिक नै हुने गर्दथ्यो । २०८० सालको चैत महिनाभरी पनि बजारले सुधारको लय समात्न सकेन । केही महिनाअघिसम्म न्याभ र नाफामा सुधार गरेका म्युचुअल फण्डहरुको चैत महिनामा घट्न पुगेको छ ।  

न्याभ र नाफा प्रभावित बन्दा अधिकांश फण्डहरुले सूचीकृत सेयरमा लगानी समेत घटाउन पुगेका छन् । बजारले अझै लय समात्न नसक्ने अनुमान गर्दै म्युचुअल फण्डहरु सेयरबजारमा गरेको लगानी घटाउन पुगेका छन् ।  

प्रभु सेलेक्ट फण्डको मात्रै न्याभ वृद्धि

सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये चैत महिनामा प्रभु सेलेक्ट फण्डको मात्रै न्याभ बढेको छ । फागुन महिनाको तुलनामा सबै फण्डको न्याभ घटेको छ । फागुनमा १०.५९ रुपैयाँ रहेको प्रभु सेलेक्ट फण्डको न्याभ चैतमा १९ पैसाले बढेर १०.७८ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सर्वाधिक न्याभ घट्नेमा भने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ रहेको छ । फागुनमा १०.५२ रुपैयाँ रहेको उक्त फण्डको न्याभ चैतमा ०.३८ रुपैयाँले घटेर १०.१४ रुपैयाँ कायम भएको छ । त्यस्तै, एनएमबी सरल बचत फण्ड–ई को ०.३७ रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ०.३५ रुपैयाँ, सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डको ०.३४ रुपैयाँ र एनआइसी एशिया ग्रोथ फण्डको ०.४२ रुपैयाँले न्याभ घटेको छ ।  

फागुन महिनामा ६ वटा न्याभको फण्ड ११ रुपैयाँमाथि रहेकोमा चैत महिनामा एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र सनराईज फर्स्ट म्युचुअल फण्डको न्याभ मात्रै ११ रुपैयाँ भन्दा माथि छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

२३ वटा फण्ड घाटामा  

चैत महिनामा २३ वटा म्युचुअल फण्ड घाटामा छन् । चैत महिनामा घट्दो बजारको अवस्थाले आधा भन्दा बढी फण्डले घाटा ब्यहोर्नु परेको हो । अन्य फण्डहरुको नाफा पनि फागुन महिनाको तुलनामा घट्न पुगेको छ ।  

प्रभु सेलेक्ट फण्ड बाहेक सबै फण्डको मुनाफा प्रभावित बन्न पुगेको छ । फण्डले चैत महिनामा ९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा फागुनको तुलनामा ३४.६१ प्रतिशतले बढी हो । फागुनमा सो फण्डले ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, सर्वाधिक नाफा घट्ने फण्डमा भने सिद्धार्थ इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ रहेको छ । फण्डको नाफा अघिल्लो महिनाको तुलनामा ९४.१४ प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, एनआइबीएल स्टेबल फण्डको ९१.७३ प्रतिशत, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को ८३.७४ प्रतिशत र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को ८३.७४ प्रतिशतले नाफा घटेको छ ।  

चैतमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा पनि प्रभु सेलेक्ट फण्ड नै रहेको छ । दोस्रोमा हिमालयन ८०–२० ले ५ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, एनआइसइी एशिया ग्रोथ फण्डले ५ करोड ४३ लाख, एनआइसी एशिया डायनामिक डेब्ट फण्डले ४ करोड २० लाख रुपैयाँ र आरबीबी म्युचुअल फण्ड–२ ले ३ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

सेयरबजारमा ०.२६ प्रतिशतले घट्यो लगानी  

चैत महिनामा अधिकांश म्युचुअल फण्डहरुले सेयरबजारमा गरेको लगानी घटाएका छन् । ४४ वटा म्युचुअल फण्डमध्ये चैतमा १६ वटा फण्डले मात्रै सूचीकृत सेयरमा लगानी थपेका छन् भने २८ वटा फण्डले सेयरबजारमा गरेको लगानी घटाएका छन् ।  

घट्दो बजारको अवस्थाले म्युचुअल फण्डहरु समेत लगानी बढाउँदा नाफा बुक गर्न सकिन्छ वा सकिदैन भन्ने अन्योलमा छन् । नयाँ अर्थमन्त्री आएपनि पुँजीबजार सुधारका निम्ति खासै उत्कृष्ट कदम चाल्न नसक्दा बजारले तत्कालै लय समात्ने अवस्था छैन । आम लगानीकर्ताहरु मौद्रिक नीतिको समिक्षामा पुँजीबजार सुधारको नीति आउने आशामा बसेका छन् । पुँजीबजार चलायमान बनाउने लगानीकर्ताहरुमा नै आत्मविश्वास घट्दा चैत महिनामा बजार झनै साइडवेजमा चलेको एनआइसी एशिया क्यापिटलका सीओओ प्रज्ञ रत्न शाक्यले बताए ।  

‘बजारको अवस्था हेर्दा तत्कालै लगानी बढाउने जस्तो वातावरण देखिँदैन, म्युचुअल फण्डहरुको बजार बढ्दा नाफा बढ्छ भने बजार घट्दा नाफामा संकुचन देखिन्छ, सेयरबजार बढ्ने खालको नीतिहरु नआउँदा अझै बजार साइडवेजमा चल्ने जस्तो देखिन्छ’ उनले भने, ‘बजारमा गरिराखेको लगानी समेत डुब्ने अवस्था छ, झनै लगानी थप्दा दोब्बर नोक्सान बेर्होनुपर्ने अवस्था आउन सक्छ ।’  

४४ वटा म्युचुअल फण्डहरुले चैत महिनामा सूचीकृत सेयरमा ३० अर्ब ६४ करोड रुपैयाँ लगानी गरेका छन् । यो लगानी फागुनको तुलनामा ०.२६ प्रतिशतले कम हो । फागुनमा उक्त फण्डहरुले ३० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका थिए ।  

सबैभन्दा बढी एनआईबीएल सहभागीता फण्डले १ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले १ अर्ब ८ करोड, एनएमबी सरल बचत फण्ड–ई ले १ अर्ब ३९ करोड र सिद्धार्थ इक्विटी फण्डले १ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, फागुन महिनाको तुलनामा सबैभन्दा बढी लगानी थप्ने फण्डमा एनआईबीएल स्टेबल फण्ड रहेको छ । फण्डले ८३.४२ प्रतिशतले लगानी थपेको छ । त्यस्तै, कुमारी सबल योजनाले ५६.१३ प्रतिशत, हिमालयन ८०–२० ले १७.४४ प्रतिशत, प्रभु सेलेक्ट फण्डले ११.२६ प्रतिशत र आरबीएस म्युचुअल फण्डले ५.३० प्रतिशतले लगानी थपेको छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.