आईतवार, कार्तिक ८,२०८३ 03:43:52
  • आईतवार, कार्तिक ८,२०८३ 03:43:52
Global IME Bank Limited

त्रिविको एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ

ह्वाट्सएप समूहमा प्रश्नपत्र सार्वजनिक भएको घटनामाथि सीआईबीको अनुसन्धान जारी

Bizshala
त्रिविको एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ
New Office

 

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्नपत्रको गोपनीयता भंगसम्बन्धी कसुरमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल–१ घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका–२१ मा बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सीआईबीका अनुसार मिश्रलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३ स्थित ताहाचलबाट पक्राउ गरिएको हो। हाकिमलाई साउन ११ गते वीरगन्ज महानगरपालिका–८ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गत साउन ८ गते त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५: अर्गनाइजेसनल बिहेभियर विषयको प्रश्नपत्र परीक्षा हुनुअघि नै विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएपछि सीआईबीले शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंगसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको थियो।

पक्राउ परेका दुवैजनामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रश्नपत्र चुहावटमा अरू व्यक्ति वा संगठित समूहको समेत संलग्नता छ कि छैन भन्ने विषयमा थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.