काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो विद्यमान Life Insurance Management System- iSolution लाई थप आधुनिक, सुदृढ र प्रभावकारी बनाउन iSolution Version Next मा स्तरोन्नति गर्ने भएको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार प्रणाली प्रतिस्थापन कार्यका कारण केही समयका लागि बीमासम्बन्धी सेवाहरू प्रभावित हुनेछन्। कम्पनीका अनुसार साउन १४ गते बिहीबार बेलुका ८ बजेदेखि साउन १८ गते सोमबार बिहान ८ बजेसम्म सेवा अवरुद्ध रहनेछ।
यस अवधिमा कम्पनीको केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा/उपशाखा कार्यालयबाट भौतिक रूपमा प्रदान गरिने बीमालेखसम्बन्धी सेवाहरू, डिजिटल माध्यमबाट गरिने बीमाशुल्क भुक्तानी, मोबाइल एप तथा ग्राहक र अभिकर्ता पोर्टल सेवा अस्थायी रूपमा उपलब्ध नहुने कम्पनीले जनाएको छ।

