काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकको काठमाण्डानै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार पर्साको नयाँ प्रहरी प्रमुखमा जिल्ला प्रहरी परिसर काठमाण्डौमामा कार्यरत एसपी पवनकुमार भट्टराईलाई खटाइएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनापछि चिकित्सकहरूले आन्दोलन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी र एसपीको सरुवाको माग गरेका थिए। घटनाका सम्बन्धमा भएको छलफलका क्रममा चिकित्सकहरूको वार्ता टोलीले पनि एसपी पाठकको सरुवा हुनुपर्ने माग राखेको थियो।
नवनियुक्त एसपी भट्टराई यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रमुख थिए। जनजीवन प्रभावित बनेको ‘जेनजी’ आन्दोलनपछि काठमाण्डौको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा सरुवा गरिएको थियो।

