काठमाण्डौ । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग पूरा नभए भदौ महिनादेखि चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको छ।
महासंघको परिषद् बैठकले आन्दोलनको निर्णय गरेको महासचिव तुलाबहादुर थापाले जानकारी दिए। उनका अनुसार आन्दोलनको मिति, कार्यक्रम र स्वरूप भने विस्तारित कार्यालय बैठकले तय गर्नेछ।
महासंघले सरकारले शीघ्र शिक्षा ऐन जारी गर्नुपर्ने माग दोहोर्याउँदै शिक्षा नियमावलीको दशौँ संशोधनमा समावेश गरिएका केही प्रावधानप्रति असहमति जनाएको छ। महासचिव थापाले संशोधित नियमावलीका प्रावधान शिक्षकहरूको अपेक्षाअनुसार नभएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्नुपर्ने बताए।
शिक्षक महासंघले शिक्षक सरुवा प्रणालीलाई व्यवस्थित बनाउन, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको सेवा–सुविधा र व्यवस्थापन सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।