सोमबार, श्रावण १८,२०८३ 04:27:29
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:27:30
Bizshala
Global IME Bank Limited

होल्डिङ सेन्टरमा रहेका १२५ सुकुम्वासीलाई तालिमसहित रोजगारीमा जोड्ने तयारी

होल्डिङ सेन्टरमा रहेका १२५ सुकुम्वासीलाई तालिमसहित रोजगारीमा जोड्ने तयारी
New Office

 

काडमाण्डौ । विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्वासीलाई सीपमूलक तालिम प्रदान गरी रोजगारीसँग जोड्ने प्रक्रिया अघि बढाइने भएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले सुकुम्वासीको सीप, रुचि र आवश्यकताका आधारमा तालिम तथा रोजगारीको व्यवस्था मिलाउने निर्णय गरेको हो।

बैठकमा पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका प्रतिनिधि सहभागी थिए।

भक्तपुरको खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुम्वासीमाथि गरिएको रोजगारी तथा तालिम आवश्यकता मूल्यांकनको नतिजाबारे बैठकमा छलफल भएको थियो।

मूल्यांकनका क्रममा सहभागीहरूले सरसफाइ, माली, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङ तथा साना व्यवसाय सञ्चालनलगायत क्षेत्रमा काम गर्न रुचि देखाएको पाइएको छ।

पहिचान भएका व्यक्तिलाई उनीहरूको रुचि र क्षमताअनुसार उपयुक्त तालिम प्रदान गरी रोजगारीसँग जोड्न पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबीच समन्वय गरिने भएको छ।

तालिम प्रदायक संस्थामार्फत आवश्यक सीप विकास तालिम सञ्चालन गरी रोजगारीमा आबद्ध गर्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय बैठकले गरेको छ।

बैठकमा मन्त्री यादवले सुकुम्वासी समुदायलाई आत्मनिर्भर बनाउन सबै सरकारी निकायले रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिनुपर्ने बताए। उनले तालिममा मात्र सीमित नरही रोजगारी सुनिश्चित हुने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

बैठकमा मन्त्रालयका सहसचिव हेमराज तामाङ, पूर्वाधार विकास मन्त्रालयका उपसचिव महेशबहादुर थिङ, सडक विभागका उपमहानिर्देशक श्यामबहादुर खड्का, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक मणिराम गौतम तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका अध्यक्ष आनन्द भाटलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.