काठमाण्डौ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ। आजका लागि तय गरिएको बैठक स्थगित गर्दै नयाँ मिति तोकिएको हो।
संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार, साउन २२ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अब साउन २७ गते बुधबार दिउँसो १ः१५ बजे बस्नेछ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सूचनामा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।