आईतवार, कार्तिक ८,२०८३ 02:49:00
  • आईतवार, कार्तिक ८,२०८३ 02:49:00
Global IME Bank Limited

एक वर्षमा १ हजार ८४८ प्रहरी कर्मचारी कारबाहीमा, डीआईजीसम्म परे

सबैभन्दा धेरै ८६६ प्रहरी जवान कारबाहीमा, कार्यालय सहयोगीदेखि उच्च अधिकृतसम्म अनुशासनको दायरामा

Bizshala
एक वर्षमा १ हजार ८४८ प्रहरी कर्मचारी कारबाहीमा, डीआईजीसम्म परे
New Office

 

 

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ मा नेपाल प्रहरीका १ हजार ८४८ कर्मचारी विभिन्न अनुशासनहीन तथा आचरणविपरीत गतिविधिमा संलग्न भएको आरोपमा कारबाहीमा परेका छन्।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार प्रहरी आचरणविपरीत काम गरेको, व्यावसायिक मर्यादा कायम नगरेको तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गरेको आधारमा उनीहरूमाथि विभागीय कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सम्मका कर्मचारी तथा अधिकृत रहेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार सबैभन्दा धेरै प्रहरी जवान कारबाहीमा परेका छन्। एक वर्षको अवधिमा ८६६ प्रहरी जवानमाथि कारबाही भएको छ।

त्यस्तै, ३५६ प्रहरी सहायक हवल्दार, २६२ प्रहरी हवल्दार, १३९ प्रहरी सहायक निरीक्षक (असई), ६१ वरिष्ठ हवल्दार र ५२ प्रहरी नायब निरीक्षक (सई) कारबाहीमा परेका छन्।

यसैगरी ५३ कार्यालय सहयोगी, १७ वरिष्ठ सई तथा ३३ प्रहरी निरीक्षक (इन्स्पेक्टर) समेत कारबाहीको दायरामा परेका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उच्च अधिकृततर्फ ३ प्रहरी नायब उपरीक्षक (डीएसपी), ३ प्रहरी उपरीक्षक (एसपी), २ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र १ डीआईजीमाथि पनि कारबाही गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ।

प्रहरी संगठनभित्र अनुशासन, व्यावसायिक आचरण र नियमावलीको पालना सुनिश्चित गर्न आचरणविपरीत गतिविधिमा संलग्न कर्मचारीमाथि विभागीय कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.