चाडपर्वमा प्रहरीको हाई अलर्टः शङ्कास्पद गतिविधि देखे तुरुन्त १०० मा फोन गर्न आग्रह
काठमाण्डौ । चाडपर्वका बेला कुनै शङ्कास्पद वा आपराधिक गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ।‘केही शङ्कास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशसहित प्रहरीले नागरिकबाट समयमै प्राप्त हुने सानो सूचनाले पनि ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको छ। आपत्कालीन अवस्थामा प्रहरीको १०० नम्बरमा निःशुल्क फोन गर्न सकिने र प्राप्त सूचनाको...

