मंगलवार, आश्विन १३,२०८३ 02:07:21
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 02:07:21
Bizshala
Global IME Bank Limited

पृथ्वी राजमार्ग एकतर्फी खुलेसँगै काठमाडौंमा रोकिएका सवारी बाहिरिन थाले

Bizshala
पृथ्वी राजमार्ग एकतर्फी खुलेसँगै काठमाडौंमा रोकिएका सवारी बाहिरिन थाले
New Office

 

काठमाण्डौ । बाढी र पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि काठमाडौंमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ बाहिरिन थालेका छन्।

नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन सुरु गरिएको हो। राजमार्ग खुलेसँगै काठमाडौंको बाफल–कलंकी–ढुंगेअड्डा–थानकोट क्षेत्रमा सवारी चाप बढेको छ।

शुक्रबारदेखि राजमार्ग बन्द भएपछि काठमाडौं उपत्यकाभित्र रोकिएका ठूला मालवाहक सवारीसाधन पनि क्रमशः बाहिरिन थालेका छन्। कलंकी–बल्खु–सानेपा सडकखण्डमा रोकिएका ट्रक तथा अन्य मालवाहक सवारी गन्तव्यतर्फ लागेका हुन्।

रिंगरोडअन्तर्गत पर्ने उक्त सडकखण्डका सर्भिस लेन र सब-लेनमा बिहीबार रातिदेखि नै ठूलो संख्यामा मालवाहक सवारी पार्क गरेर राखिएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत हप्ता परेको भारी वर्षाका कारण पृथ्वी राजमार्गसहित देशका विभिन्न राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएका थिए। अहिले प्रहरी र स्थानीय प्रशासनले अवरुद्ध सडक खुलाउने तथा यातायात सहज बनाउने काम जारी राखेका छन्।

यद्यपि पृथ्वी राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आइसकेको छैन। केही खण्डमा एकतर्फी रूपमा मात्रै सवारी चलिरहेकाले यात्रा समय लम्बिन सक्ने देखिएको छ।

प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकखण्डको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.