सोमबार, आश्विन १९,२०८३ 04:03:35
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 04:03:35
Bizshala
Global IME Bank Limited

ई–बिडिङ ह्याक प्रकरणमा आठ व्यवसायी पक्राउ

Bizshala
ई–बिडिङ ह्याक प्रकरणमा आठ व्यवसायी पक्राउ
New Office

 

काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (ई–बिडिङ) ह्याक गरेको आरोपमा प्रहरीले थप आठ व्यवसायीलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्लसहित भक्तबहादुर लामा, विष्णुमान लामा, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, स्वदेश पोखरेल र रितुबहादुर कार्की रहेको प्रहरी स्रोतले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि यही प्रकरणमा कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे पक्राउ परेका थिए। उनी धरौटीमा रिहा भइसकेका छन्। आषिश निर्माण सेवाका प्रबन्ध निर्देशक ऋषिकेश गौली पनि पक्राउ परी धरौटीमा रिहा भएका थिए।

प्रहरीले ई–बिडिङ ह्याक प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाउने क्रममा थप व्यवसायीहरूको संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ परेका व्यवसायीलाई सोमबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.