आईतवार, श्रावण २४,२०८३ 03:53:06
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 03:53:06
Bizshala
Global IME Bank Limited

जेटस्टार र कतार एयरवेजका विमान ठोक्किनबाट जोगिए, टर्यो ठूलो दुर्घटना

जेटस्टार र कतार एयरवेजका विमान ठोक्किनबाट जोगिए, टर्यो ठूलो दुर्घटना
New Office

काठमाण्डौ । अष्ट्रेलियाको व्यस्त सिड्नी विमानस्थलमा जेटस्टार र कतार एयरवेजका दुई यात्रुवाहक विमान ठोक्किनबाट जोगिएका छन्। घटनामा जेटस्टारका एक क्याबिन क्रु सदस्य घाइते भएका छन्। घटनाबारे अष्ट्रेलियाको यातायात सुरक्षा ब्युरो (एटीएसबी) ले अनुसन्धान सुरु गरेको छ।

एटीएसबीका अनुसार, जेटस्टारको एयरबस ए३२० विमान गोल्ड कोस्टका लागि उडान भर्न ट्याक्सी गरिरहेको थियो। सोही क्रममा क्रसिङ ट्याक्सीवेतर्फ विमान तान्ने टगमार्फत कतार एयरवेजको बोइङ ७७७ विमान ल्याइँदै थियो। दुवै विमान एक–अर्काको निकै नजिक पुगेपछि जेटस्टारका पाइलटले अचानक कडा ब्रेक लगाएका थिए।

अचानक ब्रेक लगाएपछि विमानमा हिँडिरहेका जेटस्टारका एक क्याबिन क्रु सदस्य घाइते भएका थिए। उनलाई घटनास्थलमै प्यारामेडिक्सले उपचार गरेका थिए। घटनाका क्रममा कतार एयरवेजको बोइङ ७७७ को अगाडिको ल्यान्डिङ गियर र विमान तानिरहेको टगबीचको जडानमा समेत क्षति पुगेको एटीएसबीले जनाएको छ।

जेटस्टारले आफ्नो विमानले हवाई ट्राफिक कन्ट्रोल (एटीसी) को निर्देशन पालना गरिरहेको जनाएको छ। तर, अर्को विमान अत्यन्त नजिक आएपछि पाइलटहरूले तत्काल ब्रेक लगाउनुपरेको कम्पनीको भनाइ छ। कतार एयरवेजले भने घटनाबारे तत्काल प्रतिक्रिया दिएको छैन।

एटीएसबीले घटनाको कारण पत्ता लगाउन दुवै विमानबाट तथ्यांक संकलन गर्नुका साथै हवाई ट्राफिक कन्ट्रोल, चालक दलका सदस्य र विमान तान्ने टगका सञ्चालकहरूसँग सोधपुछ गरिरहेको छ। घटनाका प्रत्यक्षदर्शीलाई उपलब्ध फोटो वा भिडियो अनुसन्धानका लागि उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

घटनापछि सिड्नी विमानस्थलको उडान सञ्चालनमा समेत असर परेको र केही उडानमा ढिलाइ भएको जनाइएको छ। अनुसन्धान पूरा नभएसम्म घटनाको वास्तविक कारण र जिम्मेवारीबारे निष्कर्ष निकाल्न नसकिने अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.