काठमाण्डौ । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ७.७२ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सेवा शुल्क तथा कमिसन आम्दानीमा सुधार देखिएसँगै नाफा वृद्धि भएको हो । ब्याज आम्दानी ८.१० प्रतिशत बढेर ३६ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी ८.३८ प्रतिशत बढेर १ अर्ब ७९ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.३४ रुपैयाँबाट बढेर १९.८४ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५२.४७ रुपैयाँ, आरओई ४.२७ प्रतिशत, कस्ट अफ फण्ड ४.१७ प्रतिशत, रहेको छ ।
सो अवधिसम्म कम्पनीको चालु सम्पत्ति २ अर्ब ९२ करोड रुपैयाँबाट बढेर ३ अर्ब २१ करोड पुगेको छ भने बैंक मौज्दात ६ अर्ब १५ करोड रुपैयाँबाट बढेर २९ अर्ब १६ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यसर्थमा कम्पनीको बैंक मौज्दात रकम अघिल्लो आवको तुलनामा ३७३.७२ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै, कम्पनीको सेयर पूँजी ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार भने सामान्य घटेर १२ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ कोषमा संचित छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।