नेको इन्स्योरेन्सको १२ लाख कित्ता संस्थापक सेयर नागरिक लगानी कोषले किन्दै, करिब २८ करोड रुपैयाँको डिल
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको १२ लाख कित्ता संस्थापक सेयर नागरिक लगानी कोषले खरिद गर्ने भएको छ।कम्पनीका संस्थापक सेयरधनी कृति कुमारी महतोले बिक्री गर्न चाहेको १२ लाख कित्ता संस्थापक सेयर खरिदका लागि नागरिक लगानी कोषले आवेदन दिएको हो। उक्त सेयर खरिद प्रक्रिया अघि बढाउन नेको इन्स्योरेन्सले आवश्यक स्वीकृतिका लागि नियामकीय प्रक्रिया समेत अघि बढाएको छ।

