काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र नागरिक लगानी कोषबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि सिद्धार्थ बैंकले हालसम्म आफैं सञ्चालन गर्दै आएको योगदानमा आधारित र गैर-योगदानमा आधारित उपदान तथा अन्य अवकाशसम्बन्धी खाताहरू अब नागरिक लगानी कोषमा हस्तान्तरण हुनेछन्। यसबाट बैंकमा कार्यरत करिब २ हजार कर्मचारीहरूको उपदान तथा अवकाशसम्बन्धी रकमको व्यवस्थापन अब कोषले गर्नेछ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐन मार्फत अवकाश कोष सम्बन्धी व्यवस्था संशोधन गरेको थियो। नेपाल सरकारले आन्तरिक राजस्व विभागबाट पूर्वस्वीकृत अवकाश कोषहरू अब नागरिक लगानी कोष लगायत अन्य अनुमोदित कोषहरूमा अनिवार्य रूपमा आवद्ध हुनुपर्ने व्यवस्था गरेअनुसार यो सम्झौता भएको हो।
गत असार ३१ गते आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै आयकर ऐन, २०५८ अनुसारका पूर्वस्वीकृत अवकाश कोषहरूलाई २०७८ असार मसान्तभित्र अनिवार्य रूपमा नागरिक लगानी कोषजस्ता निकायहरूमा आवद्ध हुनुपर्ने जानकारी दिएको थियो।
यो कदमले संस्थागत रुपमा अवकाश कोष व्यवस्थापनलाई अझ पारदर्शी, सुरक्षित र दिगो बनाउने अपेक्षा गरिएको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                