काठमाण्डौ । ग्लोबल आइएमई बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर स्थिर राखेको छ ।
बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागतर्फ २.७५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । साउन महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपका लागि यही ब्याजदर प्रदान गरेको थियो ।
व्यक्तिगत निक्षेपतर्फ भदौ महिनामा ३ देखि १ वर्ष तलका लागि २.७६ प्रतिशत, १ वर्ष देखि २ वर्ष तलका लागि २.८० प्रतिशत,२ वर्षदेखि ३ वर्ष तलका लागि ३ प्रतिशत, ३ वर्षदेखि ५ वर्ष तलका लागि ३.५० प्रतिशत र ५ वर्ष वा सो भन्दा माथिका लागि ४ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।
संस्थागत निक्षेपकर्तालाई भने १ वर्ष भन्दा माथिका लागि २.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।