आईतवार, श्रावण ३१,२०८३ 03:09:31
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 03:09:31
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरूको नाफा १०.५३% ले घट्यो, सिटिजन लाइफको नाफा सर्वाधिक वृद्धि

Prabhu Bank Limited
जीवन बीमा कम्पनीहरूको नाफा १०.५३% ले घट्यो, सिटिजन लाइफको नाफा सर्वाधिक वृद्धि
New Office

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को असारको अन्त्यसम्म सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५३ प्रतिशतले घटेको छ। उपलब्ध तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीको कुल खुद नाफा ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म यी कम्पनीहरूको कुल खुद नाफा ६ अर्ब ८ करोड ६१ लाख रुपैयाँ थियो।

नाफाका आधारमा सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा सर्वाधिक वृद्धि भएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को असारसम्म ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको १८ करोड ९१ लाख रुपैयाँको तुलनामा कम्पनीको नाफा १०६.२३ प्रतिशतले बढेको हो।

त्यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २.१८ प्रतिशतले वृद्धि भएको छ।

CG Motors

आइएमई लाइफको नाफा समेत ०.१६ प्रतिशतले बढ्दै ५८ करोड ४२ लाख पुगेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले ४६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि, यो अघिल्लो वर्षको तुलनामा १५.०२ प्रतिशत कम हो। सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा पनि २२.८४ प्रतिशतले घटेर ४१ करोड ८६ लाख रुपैयाँमा झरेको छ।

एशियन लाइफ इन्स्योरेन्सले ४१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले ४० करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ। एलआईसी नेपालको नाफा भने अघिल्लो वर्षको तुलनामा २८.४५ प्रतिशतले बढेको छ।

नाफा वृद्धिदरका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको खुद नाफा १०६.६३ प्रतिशतले बढेर ३९ करोड ८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ८.५५ प्रतिशतले बढेर ३८ करोड २ लाख रुपैयाँ पुगेको छ।

सानीमा रिलायन्स लाइफले ३८ करोड ३९ लाख रुपैयाँ, मेट लाइफले ३७ करोड ९३ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ३७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। सानीमा रिलायन्स लाइफको नाफा १.६९ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको १.३१ प्रतिशतले बढेको छ। यसको विपरीत, मेट लाइफको नाफा ५५.२९ प्रतिशतले घटेको छ।

त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा १०.२३ प्रतिशतले घटेर ३७ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४१.९० प्रतिशतले घटेर ३१ करोड ७८ लाख रुपैयाँमा झरेको छ।

उपलब्ध तथ्यांकमा राष्ट्रिय जीवन बीमा कम्पनीले अघिल्लो वर्षको २ करोड १५ लाख रुपैयाँ खुद नाफाको तुलनामा यस वर्ष २ करोड ३८ लाख रुपैयाँ खुद घाटा व्यहोरेको देखिन्छ।

समग्रमा, १४ कम्पनीमध्ये केहीको नाफामा उल्लेख्य सुधार आए पनि ठूला जीवन बीमा कम्पनीमध्ये केहीको नाफामा आएको गिरावटका कारण समग्र क्षेत्रको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिन्छ। विशेषगरी मेट लाइफ, हिमालयन लाइफ, सन नेपाल लाइफ, नेपाल लाइफ र नेशनल लाइफको नाफामा आएको कमीले कुल नाफामा दबाब परेको तथ्यांकले देखाउँछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.