सोमबार, भाद्र १,२०८३ 09:19:07
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 09:19:07
Bizshala
Global IME Bank Limited

सुजुकीको ‘पर्वोत्सव’ अफरः १ लाखसम्म नगद छुटदेखि एक वर्ष निःशुल्क बीमासम्म

Prabhu Bank Limited
सुजुकीको ‘पर्वोत्सव’ अफरः १ लाखसम्म नगद छुटदेखि एक वर्ष निःशुल्क बीमासम्म
New Office

काठमाण्डा । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ ग्राहक योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत सुजुकीका विभिन्न मोडलमा ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क एसेसरिज, मर्मतसम्भारका पार्टपुर्जा तथा बीमालगायतका सुविधा पाउनेछन्।

कम्पनीका अनुसार ‘सुजुकी पर्वोत्सव’ अन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट र १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै निःशुल्क एसेसरिज, आवधिक मर्मतसम्भारका पार्टपुर्जा र एक वर्षको निःशुल्क बीमा पनि योजनामा समावेश गरिएको छ। यद्यपि सुविधा मोडल तथा भेरियन्टअनुसार फरक हुने कम्पनीले जनाएको छ।

CG Motors

यो योजना श्रावण २७ देखि कात्तिक मसान्तसम्म लागू हुनेछ। देशभर रहेका सुजुकीका आधिकारिक शोरुमबाट ग्राहकले योजनाको लाभ लिन सक्नेछन्।

योजनामा सुजुकीको अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोंक्स र ई–भिटारा सिरिज समेटिएका छन्।

कम्पनीले ई–भिटाराका पहिलो १०० युनिटका लागि यसअघि घोषणा गरेको प्रवर्द्धनात्मक योजना भने छुट्टै रूपमा निरन्तर रहने स्पष्ट पारेको छ। पहिलो १०० युनिट बिक्री भएपछि ई–भिटारामा पनि ‘सुजुकी पर्वोत्सव’ अन्तर्गत मोडलअनुसारका सुविधा लागू हुनेछन्।

विद्युतीय सवारीप्रतिको प्रतिबद्धता अघि बढाउँदै कम्पनीले ई–भिटारा खरिद गर्ने ग्राहकलाई नियमित रूपमा उपलब्ध गराइने ३ किलोवाटको चार्जरसँगै ७ किलोवाटको होम चार्जर निःशुल्क उपलब्ध गराउने जनाएको छ। चार्जर जडान भने ग्राहकको घरमा प्राविधिक रूपमा सम्भव भएमा मात्र गरिनेछ।

सीजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले चाडपर्वको समयमा ग्राहकलाई थप मूल्य र पारदर्शी सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बताए।

उनले ग्राहकलाई नजिकको सुजुकी शोरुमसँगै अगस्ट २५ देखि ३० सम्म आयोजना हुने नाडा अटो शो मा सहभागी भई मोडलअनुसारका छुट तथा सुविधाबारे जानकारी लिन आग्रह गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.