सोमबार, भाद्र १,२०८३ 07:36:33
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 07:36:33
Bizshala
Global IME Bank Limited

संसद् ‘बंक’ गर्न गाह्रोः रास्वपा सांसदले अब कारणसहित फारम भर्नुपर्ने

संसद् ‘बंक’ गर्न गाह्रोः रास्वपा सांसदले अब कारणसहित फारम भर्नुपर्ने
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसद् बैठकमा उपस्थिति व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको छ। अब पार्टीका सांसदहरू संसद् बैठकमा अनुपस्थित हुने वा बैठक अवधिमा बाहिरिने अवस्थामा अनिवार्य रूपमा फारम भर्नुपर्नेछ।

रास्वपाले संसद् बैठकलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने उद्देश्यले सांसदहरूका लागि ‘संसद् बैठक अनुपस्थिति आवेदन फारम’को व्यवस्था गरेको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार सांसदहरूले चार अवस्थामध्ये कुनै एक अवस्था परेमा उक्त फारम भर्नुपर्नेछ।

Bizshala
CG Motors

संसद् बैठकमा पूरै उपस्थित हुन नसक्ने, बैठक सुरु भएको ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, बैठकमा सहभागी भएर बीचमै छाड्नुपर्ने वा बैठकको बीचमा बाहिर गएर पुनः फर्किनुपर्ने अवस्थामा सांसदले फारममार्फत जानकारी गराउनुपर्नेछ।

यस व्यवस्थामार्फत सांसदहरूको उपस्थिति, ढिलाइ, बैठक छाड्ने अवस्था तथा बैठक अवधिमा हुने आवतजावतको अभिलेख व्यवस्थित गर्ने र संसदीय भूमिकामा थप जिम्मेवार बनाउने रास्वपाको उद्देश्य देखिन्छ।

पार्टीले संसद् बैठकमा सांसदहरूको नियमित र प्रभावकारी सहभागितालाई प्राथमिकतामा राख्दै आन्तरिक अनुशासन कडा बनाउने संकेतस्वरूप यो नयाँ व्यवस्था लागू गरेको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.