बिहीबार, भाद्र ४,२०८३ 12:42:26
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 12:42:26
Bizshala
Global IME Bank Limited

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, पहिलो बैठक आज

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, पहिलो बैठक आज
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि गठन गरिएको कार्यदलले पूर्णता पाएको छ। कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ।

रास्वपा सचेतक प्रकाशचन्द्र परियारका अनुसार कार्यदलले संसदीय दलको विद्यमान विधानमा आवश्यक संशोधनका विषयमा प्रारम्भिक छलफल गर्नेछ।

पार्टी सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको थियो। त्यसपछि कार्यदलमा रहने अन्य सदस्यसमेत टुंग्याइएपछि यसले पूर्णता पाएको हो।

पछिल्लो समय सत्ता पक्षकै केही सांसदका गतिविधि संसदीय मर्यादा र दलको अनुशासनअनुकूल नभएको भन्दै रास्वपाभित्र आलोचना बढेको छ। त्यस्ता गतिविधि नियन्त्रण गर्दै संसद्मा पार्टीका सांसदको भूमिका थप व्यवस्थित र जिम्मेवार बनाउने उद्देश्यले संसदीय दलको विधान संशोधन गर्न लागिएको बताइएको छ।

Bizshala
CG Motors

यसअघि रास्वपाले संसद् बैठकमा सांसदहरूको उपस्थिति र अनुशासनसमेत कडाइका साथ निगरानी गर्ने नीति अघि सारेको थियो। बैठकमा अनुपस्थित हुने, ढिलो पुग्ने वा बैठक चलिरहेकै बेला बाहिरिने सांसदलाई जवाफदेही बनाउने व्यवस्था लागू गर्ने तयारीसँगै अब विधानमै थप स्पष्ट प्रावधान राख्ने तयारी गरिएको हो।

कार्यदलले सांसदको आचरण, अनुशासन, संसदीय जिम्मेवारी तथा दलको निर्देशन पालना सम्बन्धी विषयलाई थप स्पष्ट बनाउने गरी संशोधन प्रस्ताव तयार गर्ने अपेक्षा गरिएको छ।

आज बस्ने पहिलो बैठकले कार्यदलको कार्यविधि, संशोधन आवश्यक रहेका दफा तथा आगामी छलफलको कार्यतालिकाबारे निर्णय गर्नेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.