सोमबार, भाद्र ८,२०८३ 05:13:25
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 05:13:25
Bizshala
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा एसएमई कर्जा योजना सार्वजनिक, आकर्षक ब्याजदरमा पाइने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा एसएमई कर्जा योजना सार्वजनिक, आकर्षक ब्याजदरमा पाइने
New Office

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार नयाँ योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन्। उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ।

Bizshala
CG Motors

‘मेहेनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकको लक्ष्य छ।

यस योजनाबाट व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी लगायत व्यवसायका विभिन्न आवश्यकताका लागि कर्जा उपयोग गर्न सक्नेछन्।

बैंकले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ।

मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.