बुधबार, भाद्र १०,२०८३ 02:33:09
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 02:33:09
Bizshala
Global IME Bank Limited

रसुवा बाढी केन्द्रित हुने आजको संसद्, गृहमन्त्री गुरुङले घटनाबारे जानकारी गराउने

पूर्वनिर्धारित सम्भावित कार्यसूची हटाउने तयारी, आकस्मिक समय राखेर सांसदका प्रश्नको जवाफ दिने

रसुवा बाढी केन्द्रित हुने आजको संसद्, गृहमन्त्री गुरुङले घटनाबारे जानकारी गराउने
New Office

 

काठमाण्डौ । रसुवामा आएको भीषण बाढी र त्यसबाट उत्पन्न परिस्थितिबारे गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी गराउने भएका छन्।

बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई छोटो बनाउँदै मुख्य रूपमा रसुवा बाढीको विषयमा केन्द्रित गर्ने तयारी भइरहेको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा आकस्मिक समय राखेर सांसदहरूलाई बाढी तथा विपद्सँग सम्बन्धित विषय उठाउन दिइनेछ। त्यसपछि गृहमन्त्री गुरुङले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुका साथै रसुवाको पछिल्लो अवस्था, उद्धार तथा राहतका काम र सरकारी तयारीबारे संसद्लाई जानकारी गराउने तयारी छ।

‘आकस्मिक समय राख्ने र रसुवा बाढीलगायतका विषयमा गृहमन्त्रीले जवाफ दिने गरी प्रतिनिधिसभाको संक्षिप्त बैठक राख्ने विषयमा छलफल भइरहेको छ,’ प्रवक्ता गिरीले भनेका छन्।

आजको बैठकमा यसअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने तयारी थियो। त्यस्तै प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ संसद्मा पेस गर्ने सम्भावित कार्यसूची पनि थियो।

Bizshala
CG Motors

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पेस गर्ने विषयसमेत सम्भावित कार्यसूचीमा राखिएको थियो।

तर रसुवामा आएको भीषण बाढीपछि उत्पन्न आपतकालीन अवस्थालाई प्राथमिकतामा राख्दै ती सम्भावित कार्यसूची हटाउने तयारी गरिएको छ। विशेष समयसमेत नराखी आकस्मिक समयमार्फत सांसदलाई बोल्न दिने र त्यसपछि गृहमन्त्रीबाट बाढीबारे जानकारी गराएर बैठक टुंग्याउने गरी व्यवस्थापन गर्न लागिएको हो।

भोटेकोशीमा आएको भीषण बाढीले रसुवा तथा नुवाकोटका तटीय क्षेत्रमा क्षति पुर्‍याएपछि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन विभिन्न निकायले आग्रह गरिरहेका बेला संसद्समेत उक्त विपद्को विषयमा केन्द्रित हुन लागेको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.