काठमाण्डौ । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन थालिएको छ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो। विमानस्थलबाट उनीहरूलाई एम्बुलेन्समार्फत काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकायले उद्धार तथा खोजी कार्य जारी राखेका छन्।
घाइतेको अवस्था र संख्या सम्बन्धी विस्तृत विवरण भने संकलनकै क्रममा रहेको छ।
भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा तथा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि जोखिममा परेका व्यक्तिको हवाई उद्धारलाई तीव्र पारिएको हो।
सरकारले सम्भावित घाइतेको उपचारका लागि काठमाडौंका प्रमुख अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखेको छ। वीर अस्पतालसहितका स्वास्थ्य संस्थाले आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, रगत तथा आवश्यक औषधि तयारी अवस्थामा राखेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।