बुधबार, भाद्र १०,२०८३ 07:56:09
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 07:56:09
Bizshala
Global IME Bank Limited

शिक्षण अस्पतालमा ‘डिजास्टर प्रोटोकल’ सक्रिय, दुई घाइते आईसीयूमा

१६ बाढीपीडितको उपचार हुँदै, गम्भीरलाई ‘रेड’ र सामान्य अवस्थाकालाई ‘ग्रिन’ क्षेत्रमा राखियो; थप घाइते आउने सम्भावनामा पूरै अस्पताल विपद् व्यवस्थापनमा केन्द्रित

शिक्षण अस्पतालमा ‘डिजास्टर प्रोटोकल’ सक्रिय, दुई घाइते आईसीयूमा
New Office

 

काठमाण्डौ ।  रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट घाइते भएकाहरू काठमाडौं ल्याउने क्रम बढेसँगै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले ‘डिजास्टर प्रोटोकल’ सक्रिय गरेको छ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार हाल बाढीबाट घाइते १६ जनाको उपचार भइरहेको छ भने दुई जना आईसीयूमा छन्।

एकैपटक ठूलो संख्यामा विपद् प्रभावित बिरामी आउन थालेपछि अस्पतालले सामान्य अवस्थाको उपचार प्रणालीलाई समेत पुनःव्यवस्थित गर्दै आफ्नो जनशक्ति र उपचार संरचनालाई विपद् व्यवस्थापनमा केन्द्रित गरेको हो।

अस्पतालको प्रोटोकलअनुसार घाइतेलाई स्वास्थ्य अवस्थाका आधारमा वर्गीकरण गरेर उपचार भइरहेको छ। गम्भीर अवस्थाका बिरामीलाई ‘रेड’ क्षेत्रमा राखिएको छ भने तुलनात्मक रूपमा सामान्य अवस्थाका बिरामीलाई ‘ग्रिन’ क्षेत्रमा राखेर उपचार भइरहेको छ।

अधिकांशको शरीरभर चोट

अस्पतालका अनुसार उपचाररत अधिकांश बिरामीमा एकभन्दा बढी स्थानमा चोटपटक देखिएको छ।

बाढीको तीव्र बहावमा बग्ने क्रममा ढुंगा, काठ तथा अन्य संरचनामा ठोक्किँदा घाइतेहरूको पैतालादेखि टाउकोसम्म शरीरका विभिन्न भागमा चोट लागेको पाइएको छ।

कतिपयमा गम्भीर प्रकृतिका चोट देखिएकाले थप परीक्षण र निगरानीसहित उपचार भइरहेको छ।

Bizshala
CG Motors

१० भन्दा बढी विपद् पीडित आएपछि ‘डिजास्टर प्रोटोकल’

शिक्षण अस्पतालले १० जनाभन्दा बढी विपद् पीडित एकैपटक उपचारका लागि आएपछि औपचारिक रूपमा ‘डिजास्टर प्रोटोकल’ सक्रिय गरेको हो।

यसअन्तर्गत साधारण उपचारका लागि आउने अन्य बिरामीको व्यवस्थापन फरक ढंगले गरिएको छ भने यसअघि वार्डमा भर्ना भइसकेका बिरामीको उपचार यथावत् राखिएको छ।

अस्पतालले इमर्जेन्सी र नाक–कान–घाँटी (ईएनटी) विभागको उपचार क्षेत्र विस्तार गरेको छ। सम्भावित थप घाइतेलाई तत्काल व्यवस्थापन गर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ।

अस्पतालका अनुसार अहिले समग्र उपचार प्रणाली नै बाढी प्रभावितको आकस्मिक उपचारलाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेको छ।

थप घाइते ल्याइने सम्भावना

स्वास्थ्य मन्त्रालयबाट प्राप्त सूचनाअनुसार बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टरमार्फत थप घाइते काठमाडौं ल्याइने सम्भावना छ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित विभिन्न निकायका उद्धार टोली प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टरबाट घाइतेहरूको हवाई उद्धार जारी छ।

भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि काठमाडौंका प्रमुख अस्पतालहरूलाई समेत आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा राखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.