काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । चिलिमे हाइड्रोपावर र प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
चिलिमेको ८ प्रतिशत दरको कुल ७० लाख २५ हजार ९१७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या ९ करोड ४८ लाख ४९ हजार ८९२ कित्ता पुगेको छ ।
साथै प्रभु इन्स्योरेन्सको ८.७० प्रतिशत दरको कुल १४ लाख ७९ हजार ८३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको सूचीकृत सेयर संख्या १ करोड ८४ लाख ८९ हजार ३९२ कित्ता पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।