आईतवार, कार्तिक १,२०८३ 09:07:42
  • आईतवार, कार्तिक १,२०८३ 09:07:42
Global IME Bank Limited

'काका' उपनामले परिचित लगानीकर्ता केशव कोइरालाको आक्रोश: 'नेपालको सेयर बजार विशुद्ध जुवाघर'

Bizshala
'काका' उपनामले परिचित लगानीकर्ता केशव कोइरालाको आक्रोश: 'नेपालको सेयर बजार विशुद्ध जुवाघर'
New Office

काठमाडौँ । पूँजीबजारका जानकार तथा लगानीकर्तामाझ 'काका' उपनामले परिचित अगुवा लगानीकर्ता केशव कोइरालाले नेपालको सेयर बजारलाई 'विशुद्ध जुवाघर'को संज्ञा दिएका छन्। विभिन्न सार्वजनिक समारोहहरूमा पूँजीबजारको विषयमा निरन्तर वकालत गर्दै आएका कोइरालाले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्दै विगत पाँच वर्षदेखि बजारमा विशुद्ध जुवा खेलिँदै आएको आरोप लगाएका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

शिथिल बनेको वा मन्दीमा गएको देशको अर्थतन्त्रलाई सबैभन्दा छिटो चलायमान बनाउने प्रमुख क्षेत्र सेयर बजार मात्रै भएको दाबी गर्दै कोइरालाले नयाँ राजनीतिक नेतृत्वलाई यस विषयमा गम्भीर बन्न आग्रह गरेका छन्। उनले नेताहरू बालेन शाह, रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई सार्वजनिक रूपमै ध्यानाकर्षण गराउँदै पूँजीबजारलाई उच्च प्राथमिकतामा राखेर तत्काल सम्बोधन गर्न माग गरेका हुन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यशैलीमाथि कडा आक्रोश पोख्दै उनले बोर्डका अध्यक्ष गोपाल भट्टले सय थरी नयाँ नियमका ठेली बाँडेर रातारात बजारको प्रवृत्ति नबद्लिने ठोकुवा गरेका छन्। धितोपत्र बोर्डले पछिल्लो समय अघि सारेका लगानीकर्ता संरक्षणका योजनाहरू पूर्ण रूपमा अव्यावहारिक रहेको टिप्पणी गर्दै कोइरालाले बोर्डको कदम 'माछा बचाउन पोखरीबाट निकालेर पाखामा राखे जस्तै' भएको व्यङ्ग्य गरेका छन्।

कोइरालाले राज्य र नियमनकारी निकायलाई नियन्त्रणमुखी नीति छोडेर बजारलाई सहज रूपमा चल्ने वातावरण बनाइदिन र आफ्नो कर असुलीमा सीमित रहन सुझाव दिएका छन्। लगानीकर्ताहरू चौतर्फी दबाबमा परेको बेला पूँजीबजारका अगुवा लगानीकर्ताबाट आएको यो कडा र विवादास्पद प्रतिक्रियाले बजारमा बहस सिर्जना गरिदिएको छ । सेयर बजारका धेरै लगानीकर्ताहरुले कोइरालाले बजारलाई 'जूवाघर'को संज्ञा दिएपछि उनीसँग रिसाउँदै आक्रोश पोखिरहेका छन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.