मंगलवार, भाद्र १६,२०८३ 10:58:40
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 10:58:40
Bizshala
Global IME Bank Limited

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग
New Office

काठमाण्डौ । चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्बाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सम्पर्कविहीन व्यक्तिहरू सकुशल भेटिने विश्वास व्यक्त गर्दै उनीहरूका परिवारजनप्रति सहानुभूति जनाएको छ।

प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।

Bizshala
CG Motors

कम्पनीका अनुसार कुल सहयोगमध्ये सिटिजन लाइफका सिटिजन लिडर्सको तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीहरूको तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ योगदान रहेको छ।

सहयोग रकम सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दीपबहादुर बीसीले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

कम्पनीले विपद्को कठिन परिस्थितिमा ‘हामी सबै एकसाथ छौँ’ भन्ने भावनाका साथ उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, स्वयंसेवक तथा अन्य उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ। प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग जारी राख्ने कम्पनीले जनाएको छ।

विपद्का कारण प्रभावित आफ्ना बीमित तथा उनीहरूका परिवारजनको अवस्थाबारे जानकारी लिन कम्पनीले प्रभावित क्षेत्रका अभिकर्ता तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ।

प्रभावित बीमित वा उनीहरूका परिवारमा बीमा दाबीसम्बन्धी आवश्यकता देखिएमा आवश्यक समन्वय गरी दाबी प्रक्रिया सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सहजीकरण गर्नसमेत सम्बन्धित कर्मचारी तथा अभिकर्तालाई निर्देशन दिइएको कम्पनीले जनाएको छ।

यसबाट विपद्का कारण प्रभावित बीमितलाई आवश्यक बीमा सेवा तथा दाबी प्रक्रियामा तत्काल सहयोग पुर्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.