बुधबार, भाद्र १७,२०८३ 10:49:02
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 10:49:02
Bizshala
Global IME Bank Limited

सानिमा क्यापिटलले १०% नगद लाभांश वितरण गर्ने, असोजमा साधारणसभा

सानिमा क्यापिटलले १०% नगद लाभांश वितरण गर्ने, असोजमा साधारणसभा
New Office

काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न असोज ८ गते वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आह्वान गरिएको वार्षिक साधारणसभा असोज ८ गते बिहीबार अपराह्न ४ बजे नक्सालमा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयको सभाकक्षमा हुनेछ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सो अवधिसम्म कायम सञ्चित रकमसमेतबाट चुक्तापूँजीको १० प्रतिशतका दरले करसहित २ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.