शुक्रबार, भाद्र १९,२०८३ 03:18:58
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 03:18:58
Bizshala
Global IME Bank Limited

त्रिशूली–३ ‘ए’मा आशा र पीडा सँगसँगै : दुई जीवितपछि एक शव भेटियो

त्रिशूली–३ ‘ए’मा आशा र पीडा सँगसँगै : दुई जीवितपछि एक शव भेटियो
New Office

 

काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा जारी खोज तथा उद्धारका क्रममा एउटा शव फेला परेको छ।

आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीको टोलीले सुरुङभित्रबाट एक जनाको शव बाहिर निकालेको हो। शवको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

यसअघि शुक्रबार बिहान यही सुरुङबाट नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई जीवितै उद्धार गरिएको थियो।

उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा नेपाल विद्युत् प्राधिकरणको टोली संयुक्त रूपमा खटिएको छ।

जीवितै उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरूको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ।

भदौ १० गते आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको भूमिगत विद्युत् गृह तथा सुरुङ क्षेत्रमा ठूलो संख्यामा कर्मचारी फसेको आशंका गरिएको थियो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक विवरणअनुसार त्यहाँ करिब ४२ जना इन्जिनियर तथा कर्मचारी रहेको अनुमान छ। तीमध्ये धेरैजना भूमिगत विद्युत् गृह क्षेत्रमा रहेको हुनसक्ने बताइएको छ।

दुई जनाको जीवित उद्धार र त्यसपछि एक शव फेला परे पनि खोजी अभियान रोकिएको छैन।

भूमिगत विद्युत् गृह तथा सुरुङका अन्य भागमा अझै मानिस फसेको हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षाकर्मी र प्राविधिक टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।

अहिले उद्धार टोलीको मुख्य ध्यान भूमिगत विद्युत् गृह क्षेत्रसम्म पहुँच विस्तार गरी त्यहाँ रहेका व्यक्तिको अवस्था पत्ता लगाउनेतर्फ केन्द्रित छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.