शुक्रबार, आश्विन ३०,२०८३ 01:02:17
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 01:02:17
Bizshala
Global IME Bank Limited

विपद्मा एनसेलको सञ्चार राहत लम्बियो, भदौ २६ सम्म भ्वाइस, डेटा र एसएमएस निःशुल्क

Bizshala
विपद्मा एनसेलको सञ्चार राहत लम्बियो, भदौ २६ सम्म भ्वाइस, डेटा र एसएमएस निःशुल्क
New Office

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन एनसेलले निःशुल्क सेवाको अवधि दोस्रोपटक थपेको छ। कम्पनीले भदौ २० गतेदेखि थप सात दिन अर्थात् भदौ २६ गतेसम्म प्रभावित क्षेत्रका ग्राहकलाई भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो।

बाढीपछि खोज, उद्धार, राहत वितरण तथा पारिवारिक सम्पर्कमा सञ्चार सेवाको आवश्यकता अझै कायमै रहेकाले निःशुल्क सुविधा निरन्तरता दिने निर्णय गरिएको एनसेलले जनाएको छ। यससँगै प्रभावित क्षेत्रका ग्राहकले थप एक सातासम्म फोन गर्न, इन्टरनेट चलाउन र एसएमएस पठाउन शुल्क तिर्नुपर्ने छैन।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

एनसेलले भदौ १० गते बाढी आएकै दिन प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा घोषणा गरेको थियो। विपद्को प्रभाव र उद्धार तथा राहतको आवश्यकता कायम रहेपछि कम्पनीले पहिलोपटक सात दिन थप गर्दै सेवाको अवधि भदौ १९ गतेसम्म लम्ब्याएको थियो। अहिले दोस्रोपटक थप गरिएसँगै निःशुल्क सञ्चार सेवाको अवधि भदौ २६ गतेसम्म पुगेको छ।

कम्पनीका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कठिन अवस्थामा प्रभावित समुदायको सञ्चार सम्पर्क विच्छेद हुन नदिन सेवाको अवधि पुनः थपिएको बताए।

“अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेका छन्। यस निःशुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठूलो सहयोग पुग्ने विश्वास लिएका छौँ,” उनले भने।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ध्वस्त नेटवर्क तीव्र गतिमा पुनःस्थापना

भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रमा एनसेलका कुल २७ वटा टावर अवरुद्ध भएका थिए। तीमध्ये २५ वटा अर्थात् करिब ९२ प्रतिशत टावर पुनः सञ्चालनमा आइसकेका छन्। कम्पनीले बिहीबार मात्रै नुवाकोटको त्रिशूलीस्थित २५औँ टावर सञ्चालनमा ल्याएको जनाएको छ।

बाढीले रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एनसेलको एउटा टावर भने पूर्ण रूपमा नष्ट गरेको छ। उत्तरगया गाउँपालिकाको तिरुस्थित अर्को टावर अझै सञ्चालनमा आउन बाँकी छ। सडक तथा स्थलमार्गबाट पहुँच कठिन भएपछि उक्त टावर पुनः सञ्चालनका लागि आवश्यक उपकरण हेलिकप्टरमार्फत पुर्‍याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

बाढीले टावरसँगै अप्टिकल फाइबर सञ्जालमा समेत ठूलो क्षति पुर्‍याए पनि कम्पनीले वैकल्पिक प्रबन्ध र प्राविधिक टोली परिचालन गरी अधिकांश सेवा पुनःस्थापना गरेको हो।

राहत कोषमा एक करोड सहयोग

एनसेलले सञ्चार सेवा निःशुल्क उपलब्ध गराउनुका साथै सरकारी निकायबाट जारी विपद्सम्बन्धी सूचनाहरू एसएमएस, कल टोन तथा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको छ। यसले जोखिमबारे जनचेतना फैलाउन तथा उद्धार र राहतका गतिविधिबारे सर्वसाधारणसम्म सूचना पुर्‍याउन सहयोग पुगेको कम्पनीको भनाइ छ।

बाढी गएको भोलिपल्टै एनसेल फाउन्डेसनले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ प्रदान गरेको थियो।

विपद्पछि भौतिक पूर्वाधारमा क्षति पुग्दा सञ्चार सम्पर्क आफैँमा राहतको महत्वपूर्ण माध्यम बनेको छ। यस्तो अवस्थामा निःशुल्क सेवा विस्तार र अधिकांश टावरको पुनःस्थापनाले प्रभावित परिवार, उद्धारकर्मी तथा राहत वितरणमा संलग्न निकायबीचको समन्वय थप सहज हुने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.