काठमाण्डौ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगञ्जको एक क्यासिनो परिसरमा भेटिएपछि प्रहरी नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति सञ्चालन गरिएको विशेष अभियानका क्रममा वीरगञ्जस्थित गण्डकको क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट यादवसहित आठ जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कर्पियो समेत नियन्त्रणमा लिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।