काठमाण्डौ। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरको लक–इन अवधि असोज महिनामा समाप्त हुन लागेको छ।
कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता सेयरमध्ये संस्थापक सेयरधनी र कर्मचारीको स्वामित्वमा रहेका शेयरको लक–इन अवधि समाप्त हुन लागेको हो।
कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता सेयर तथा कर्मचारीहरूलाई सुरक्षित गरिएको १९ हजार ५०० कित्ता सेयर लक–इनमा रहेका छन्। उक्त सेयरहरूको लक–इन अवधि असोज २३ गतेपछि समाप्त हुने कम्पनीले जनाएको छ।
कम्पनीले लक–इन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीहरूलाई प्रचलित कानून तथा नियामकीय व्यवस्थाबमोजिम शेयर कारोबार गर्न सकिने जानकारी गराएको छ।
त्यस्तै, कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने व्यवस्था कायम रहने स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।