Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 02:53:33
Bizshala
Global IME Bank Limited

सरकारविरुद्ध आवाज उठाएपछि प्रहरी नियन्त्रणमा जेनजी आन्दोलनका घाइते

सरकारविरुद्ध आवाज उठाएपछि प्रहरी नियन्त्रणमा जेनजी आन्दोलनका घाइते
New Office

 

काठमाण्डौ ।  जेनजी आन्दोलनका क्रममा घाइते भएका पवन खड्कालाई नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा आयोजित एक कार्यक्रममा सरकारप्रति असन्तुष्टि व्यक्त गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

गृहमन्त्रीसहित विभिन्न मन्त्रीहरूको सहभागिता रहेको कार्यक्रममा खड्काले जेनजी आन्दोलनका घाइते तथा प्रभावितका लागि सरकारले पर्याप्त काम नगरेको भन्दै विरोध जनाएका थिए।

कार्यक्रमका क्रममा आफ्ना कुरा राख्न पाउनुपर्ने माग गर्दै उनले आवाज उठाएपछि सुरक्षाकर्मीले उनलाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए। त्यसपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

खड्का स्वयं जेनजी आन्दोलनका घाइते हुन्। उनले कार्यक्रममा आन्दोलनका क्रममा घाइते भएका तथा अन्य प्रभावित व्यक्तिको अवस्था र उनीहरूले भोगिरहेका समस्यातर्फ सरकारको ध्यानाकर्षण गराउन खोजेको बताइएको छ।

घटनाले जेनजी आन्दोलनका घाइते तथा प्रभावितका माग सम्बोधनको अवस्था र सरकारसँग उनीहरूको सम्बन्धबारे पुनः प्रश्न उठाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.