काठमाण्डौ। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फन्डका इकाइधीनहरुका लागि लाभांश वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज मिति तय गरिएको छ । योजना व्यवस्थापक तथा डिपोजीटरी सिटिजन्स क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को योजनाअन्तर्गत करसहित ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने प्रयोजनका लागि असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यसर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्रै योजनाका लागि प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।
यस्तै कम्पनीले विभिन्न आर्थिक वर्षमा वितरित नगद लाभांश लिन बाँकी रहेका इकाइधनीहरूलाई आफ्नो हितग्राही (डिम्याट) खातामा रहेको बैंक खाता अद्यावधिक गर्न तथा आवश्यक कागजातसहित स्वप्रमाणित विवरण उपलब्ध गराउन आग्रह गरेको छ।क राख्नसमेत अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।