काठमाण्डौ । सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ। जलसतह खतराको बिन्दुमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ।
ब्यारेज नियन्त्रण कक्षका अनुसार आज बिहान ७ः१५ बजे सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७ सय ७५ क्युसेक मापन गरिएको छ।
नियन्त्रण कक्षले ब्यारेजमा जलसतह खतराको बिन्दुमा पुगेको र पानीको बहाव अझै तीव्र गतिमा बढिरहेको जनाएको छ।
पानीको सतह खतराको तहमा पुगेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले नदीको बहाव बढिरहेको अवस्थामा कोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा नदी किनारतर्फ नजान आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।