काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमासम्बन्धी सम्झौता भएको छ।
दुई संस्थाबीच भएको सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई लक्षित गरी जीवन बीमा सुविधा उपलब्ध गराइनेछ।
सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन्।
कर्मचारीहरूको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले सम्झौता गरिएको कम्पनीले जनाएको छ। सम्झौताबाट नेपाल बैंकका कर्मचारीले जीवन बीमामार्फत थप सुरक्षा तथा जोखिम व्यवस्थापनको सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रममा सहभागी अधिकारीहरूले कर्मचारीको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्त्व रहेको उल्लेख गर्दै दुई संस्थाबीचको सहकार्यले संस्थागत सम्बन्धलाई समेत थप मजबुत बनाउने बताएका थिए।
नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक तथा संस्थागत साझेदारको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर विभिन्न प्रकारका जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।