बुधबार, माघ २३,२०८१ 10:20:10
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:20:10
IME remit
Global IME Bank Limited

श्रृजनशील लघुवित्तको मुनाफामा ३२०% को उछाल, ईपीएसमा पनि छलाङ

Hyundai Nepal
श्रृजनशील लघुवित्तको मुनाफामा ३२०% को उछाल, ईपीएसमा पनि छलाङ
Nabil Bank Limited

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३२०.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ५७ लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि २०.७३ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म संस्थाले ७ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी १४ करोड २७ लाख र सञ्चालन मुनाफा ३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।  

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १ करोड ९० लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ७ करोड ३० लाख रुपैयाँ छ । संस्थाको रिजर्भमा १० करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ ।  

तेस्रो त्रैमाससम्ममा ८३ करोड ३९ लाख रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २ अर्ब २० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

संस्था खराब कर्जा अनुपात घटाउन सफल छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १०.२२ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ७.३६ प्रतिशतमा झरेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ७० लाख रुपैयाँ छुट्टाएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य वृद्धि भएको छ । संस्थाको ईपीएस ७.०७ रुपैयाँबाट बढेर २९.७३ रुपैयाँ कायम भएको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २६२.६७रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५७४.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.६१ गुणा र तरलता अनुपात १८.०५ प्रतिशत कायम भएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.