काठमाण्डौ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को लाभांश वितरण प्रयाजनार्थ बुकक्लोज मिति तय गरिएको छ ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असोज १२ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज ११ गतेसम्म कायम इकाईधनीले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।
क्यापिटलले उक्त फण्डका इकाईधनीलाई १२ प्रतिशत (करसहित) लाभांश प्रस्ताव गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।