आईतवार, आश्विन ११,२०८३ 01:08:51
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 01:08:51
Bizshala
Global IME Bank Limited

बाढी–पहिरोले विद्युत् संरचनामा क्षति, २०० मेगावाट उत्पादन प्रभावित

बाढी–पहिरोले विद्युत् संरचनामा क्षति, २०० मेगावाट उत्पादन प्रभावित
New Office

 

काठमाण्डौ । अविरल वर्षा, हावाहुरी, बाढी, पहिरो र चट्याङका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। क्षतिका कारण केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने विभिन्न जलविद्युत् आयोजनाको उत्पादनसमेत रोकिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी प्रसारण लाइनमा ठूलो क्षति पुगेको छ। म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा रहेका टावर नम्बर २१ र २२ प्रभावित भएका छन्।

त्यस्तै, कुश्मा–नयाँ बुटवल प्रसारण लाइनमा समेत समस्या देखिएको छ। यसका कारण कालीगण्डकी करिडोरमा जोडिएका करिब २०० मेगावाट बराबरको विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।

विभिन्न जलविद्युत् आयोजनाको उत्पादन बन्द

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको उत्पादनसमेत रोकिएको छ।

प्राधिकरणका अनुसार १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्य मर्स्याङ्दी र ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रसारण तथा वितरण संरचनामा पनि क्षति

बाढी र पहिरोले २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभी क्षमताका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुर्‍याएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार क्षतिको विवरण संकलन, प्रभावित क्षेत्र पहिचान र विद्युत् आपूर्ति पुनःस्थापनाका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ।

विद्युत् अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनाबाट सेवा सुचारु गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

सडक तथा पहुँचमार्ग खुल्नासाथ थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारिने श्रेष्ठले बताए।

प्राधिकरणले क्षतिग्रस्त पोल, तार तथा अन्य विद्युत् संरचना नजिक नजान र जोखिम देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.